लौकही । कोशी गाउँपालीकामा अपांगता भएका व्यक्तिहरु लाई सहायक सामग्री सहयोग गरिएको छ । अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत कोशी गाउँपालीकाको कार्यालयले बिहिबार आठजना अपांगता भएका व्यक्तिहरु लाई सहायक सामग्री सहयोग गरेको हो ।

कोशी गाउँपालीकामा संचालित अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपांगता भएका आठजना व्यक्तिहरुमध्ये छ जनालाई ह्विल चियर, एकजनालाई Hearing aid र अर्को एकजनालाई white cane सहयोग गरेको कोशी गाउँपालीका cbr सहजकर्ता राजेश यादवले जानकारी दिए ।

उनीहरुलाई कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादवले सहायक सामाग्री हस्तान्तरण गरेका थिए भने सो प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल, ३ नम्बर वडा अध्यक्ष सुलेमान मन्सुरी, Slc नेपालका अध्यक्ष हजरत मन्सुरी, अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास ,कोशी गाउँपालीका cbr सहजकर्ता परमेश्वरी मण्डल ,अपांगता सहायता सहजकर्ता Dsh राजेश कुमार यादव लगायत को उपस्थिति रहेको थियो ।

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









