लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालीकामा आगलागीबाट अन्दाजी ६० लाख ५५ हजार बढीको क्षति भएको छ । शुक्रबार अबेर राती कोशी गाउँपालीका वडा नम्बर ३ स्थित गोइठी टोलमा आगलागी भएको हो । स्थानीय इसराइल मियाँको घरबाट विद्युत सर्ट भई आगलागी हुँदा ११ वटा घर,३८ वटा बाख्रा र ४ वटा चौपाया जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको भनी प्रारम्भिक अनुसन्धान बाट देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

यता नेपाली कांग्रेस कोशी गाउँपालीका उपसभापति धर्मेन्द्र विश्वासका अनुसार आगलागीबाट स्थानीय इसराइल मियाँका साथै मुर्तुज मन्सुरी,करमुल मन्सुरी,तजमुल मन्सुरी,रमजान मन्सुरी,सेहरा खातुन,मजलुम मन्सुरी,सद्दाम मन्सुरी,गुलाब हसन मन्सुरी,गुलाब रशुल मन्सुरी,अली महम्मद मन्सुरी र इलियास मन्सुरीको घर जलेर नष्ट भएको हो ।

भीषण आगलागी लाई कोशी गा.पा., इनरुवा , रामधुनी ,दुहबी नगरपालिका ,इटहरी उपमहानगरपालिका हरिनगर गाउँपालिकाको दमकल, नेपाल आर्मी,नेपाल प्रहरी ,सशस्त्र प्रहरी,स्थानीयबासीको सहयोगमा नियन्त्रण लिइएको थियो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









