कोशी । कोशी गाउँपालीकामा आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ । कोशी गाउँपालीकामा आगलागीबाट अन्दाजी ६० लाख ५५ हजार बढीको क्षति भएको हो । शुक्रबार अबेर राती कोशी गाउँपालीका वडा नम्बर ३ स्थित गोइठी टोलमा आगलागी भएको थियो । स्थानीय इसराइल मियाँको घरबाट विद्युत सर्ट भई आगलागी हुँदा ११ वटा घर,३८ वटा बाख्रा र ४ वटा चौपाया जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको भनी प्रारम्भिक अनुसन्धान बाट देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

आगलागीबाट स्थानीय इसराइल मियाँका साथै मुर्तुज मन्सुरी,करमुल मन्सुरी,तजमुल मन्सुरी,रमजान मन्सुरी,सेहरा खातुन,मजलुम मन्सुरी,सद्दाम मन्सुरी,गुलाब हसन मन्सुरी,गुलाब रशुल मन्सुरी,अली महम्मद मन्सुरी र इलियास मन्सुरीको घर जलेर नष्ट भएको हो । आगलागी भएको खबर पाएपछि बिहानै घटनास्थल पुग्दै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको पहलमा पीडित परिवारलाई आवश्यकता अनुसार विभिन्न निकायबाट सहयोग प्राप्त हुने क्रम सुरु भएको हो ।

पीडित परिवारलाई कोशी गाउँपालीका उपाध्यक्ष अनिता यादव नेतृत्वको टोलिले खाद्यान्न सामाग्री सहयोग गरेको हो । पीडित परिवारलाई आवश्यकता अनुसार कोशी गाउँपालीकाबाट थप सहयोग गर्नुका साथै जिल्ला प्रशासन कार्यालय सुनसरी,नेपाल रेडक्रस लगायतबाट खाद्यान्न तथा अन्य सामाग्री सहयोग उपलब्ध गराइदिने वातावरण मिलाइएको अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









