कोशी गाउँपालीकाको आयोजनामा आयोजित न्यायिक समितिका पदाधिकारी कर्मचारीहरुको लागि दुईदिनेक्षमता विकास तालिम सम्पन्न भएको छ ।

मंगलवार र बुधबार गरी सो तालिम उपाध्यक्ष अनिता यादवको अध्यक्षता एवं अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त अवसरमा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दामोदार दाहाल, लेखा अधिकृत सुरप्रसाद दंगाल, विभिन्न विषयगत शाखा प्रमुखहरु , जनप्रतिनिधी, कर्मचारी , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । न्यायिक समितिका पदाधिकारी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरिएको उपाध्यक्ष अनिता यादवले बताइन् ।

आगामी दिनमा पनि आवश्यकता अनुसार यस्ता तालिमलाई निरन्तरता दिने उनको भनाइ छ ।

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









