कोशी । कोशी गाउँपालिकामा योजना तथा बजेट निर्माणमा स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । सेभ द अर्थ सुनसरीले कोशी गाउँपालिकाको सभा हलमा शुक्रवार आयोजना गरेको सो कार्यक्रम कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवको अध्यक्षता एवं कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा फेयर मेडकी प्रशिक्षक शोभादेवी गुरुङ्गले सुनसरीका स्थानीय तहहरुमा देखिएका हात्तीपाइले , कुष्ठरोग जस्ता रोगहरु वर्तमान अवस्थाको बारेमा जानकारी गराउदै त्यस्ता रोग न्युनिकरण तथा नियन्त्रण गर्न चाल्नुपर्ने आवश्यक सावधानी र उपाचारको बारेमा जानकारी गराएकी थिईन ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कोशी अध्यक्ष ऐयुब अन्सारीले हात्तीपाइले , कुष्ठरोग जस्ता समाजमा देखापरेका स्वास्थ्य समस्या न्युनिकरण तथा नियन्त्रण गर्न सक्रियता साथ लागेको बताए ।

आफू निर्वाचित भएको पहिलो कार्यकालको पहिलो वर्षमै खासगरी दलित तथा विपन्न वर्गका महिला लाई लक्षित गरी बर्थिङ्ग सेन्टर निर्माण गरेकोमा माग र आवश्यकता अनुसार त्यसलाई कोशी ७,५ र १ वडामा संचालन गरेपछि निमुखा र गरिब जनताका साथै सबै लाभान्वित भएकोमा खुशी व्यक्त गरे । बर्थिङ्ग सेन्टर निर्माण गरी सीमावर्ती क्षेत्रका जनतालाई छिमेकी देश भारत तथा टाढाको हस्पिटल बिराटनगर र धरान जानुपर्ने बाध्यता हटाइ निशुल्क रुपमा सेवा दिदै आएको अध्यक्ष अन्सारीको भनाइ छ ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु ,कार्यपालीका सदस्य , कर्मचारीका साथै सेभ द अर्थ सुनसरीका पुष्पबहादुर भट्टराई, विश्वास परियोजनाका सुपरभाइजर प्रवेश रिजाल, विश्वास परियोजना कोशी गाउँपालिका सामुदायिक स्वास्थ्य प्रशिक्षक संतोष साहु, इनरुवा नगरपालिका सामुदायिक स्वास्थ्य प्रशिक्षक अनु चौधरी लगायत गरी ४० जनाको सहभागिता रहेको थियो ।

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









