कोशी गाउँपालीकाको कार्यालयले वडा नम्बर ८ को कार्यालयलाई फोहोर व्यवस्थापन गर्न ई लोडर हस्तान्तरण गरेको छ । भ्याट सहित ४ लाख ३९ हजार लागतमा वडा नम्बर ८ को कार्यालयलाई बुधवार ई लोडर हस्तान्तरण गरेको कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले जानकारी दिनुभयो ।
कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालको उपस्थितिमा कोशी गाउँपालीका वडा नम्बर ८ का वडा अध्यक्ष बलराम कुमार क्षेत्रीलाई ई लोडरको साँचो हस्तान्तरण गर्नुभयो ।
कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारी र कोशी ब्यारेज क्षेत्रको बजारमा हुने फोहोर मैला व्यवस्थापन गर्न सहयोग पुग्ने हेतुले ई लोडर उपलब्ध गराइएको अध्यक्ष ऐयुब अन्सारीले बताउनुभयो ।