स्वास्थ्य कार्यालय सुनसरीले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य कार्यालय सुनसरीले कोशी गाउँपालिकाको ७ नम्बर वडामा एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको हो । विपन्न तथा दलित समूदायको बाक्लो बसोबास रहेको कोशीको ७ नम्बर वडा हरिपुरमा स्वास्थ्य कार्यालयको टोलीले निःशुल्क आँखा तथा जेनरल मेडिसिन सेवा दिएको हो । निःशुल्क स्वास्थ्य जाँच शिविरको वडा अध्यक्ष लालदेव सदा र स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

६० वर्ष माथिको उमेर समूहका नागरिककालागि लक्षित गरी आयोजना गरिएको स्वास्थ्य शिविरमा निरन्तरको वर्षाका बाबजुत उल्लेख्य संख्यामा जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।शिविरमा इनरुवा अस्पतालका विशेषज्ञ डाक्टर सन्तोष राई र दृष्टि विशेषज्ञ रिंकु मेहताले बिरामी जाँच गरेका थिए । शिविरमा जेष्ठ नागरिकको आँखा जाँचका साथै सुगर प्रेसर समेतको परिक्षण गरिएको थियो । उक्त शिविरमा बिरामीका लागि निःशुल्क चश्मा र औषधी समेत वितरण गरिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताउनु भयो । जेष्ठ नागरिकको स्वास्थ्यमा सहज पहुँचलाई मध्यनजर गर्दै ग्रामिण भेग लक्षित गरी हरिपुरमा स्वास्थ्य शिविर आयोजना गरिएको प्रसाईले बताउनु भयो ।

प्रसाईले स्वास्थ्य कार्यालयले जेष्ठ नागरिकलाई लक्षित गरी विभिन्न समयमा निःशुल्क स्वास्थ्य जाँच शिविर संचालन गर्दै आएको बताउनु भयो । वहाँले जेष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच गराउन आवश्यक रहेको भन्दै परिवारका सदस्यले विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो । शिविरमा स्वास्थ्य जाँचका लागि आउने जेष्ठ नागरिकलाई वडा कार्यालयले सहजीकरण गरेको थियो । शिविरमा २ सय बढी जेष्ठ नागरिकले आँखा तथा सुगर र प्रेसरको जाँच सेवा लिएको स्वास्थ्य कार्यालय सुनसरीका लेखा अधिकृत निरज पोखरेलले जानकारी दिनुभयो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









