लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। कोशी गाउँपालिका खोप समन्वय समिति लौकहीले बुधवार आयोजना गरेको पूर्ण खोप घोषणा तथा प्रमाणिकरण सभा कार्यक्रम बीच गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको जनाइएको छ । स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ। सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।
सोही तथ्याङ्कका आधारमा चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म जम्मा लक्ष्यको ९० प्रतिशत लाई खोप लगाइएको र बाँकी रहेका १० प्रतिशत लाई पनि वडा वडा स्तरबाट कर्मचारी परिचालन गरी खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखाका शिव चौधरीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए। कर्मचारीहरुको मेहनत कै कारण गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको बताउदै अध्यक्ष अन्सारीले आगामी दिनमा समेत नागरिकको अपेक्षा अनुसार काम गर्न स्वास्थ्यकर्मी लाई निर्देशन दिएका छन । पालिकाभित्र आठ वटा स्वास्थ्य चौकी रहेका छन्। साबिकका हरिपुर, श्रीपुर , पश्चिम कुसाहा र लौकही गरी चार वटा गाविसहरू समेटेर कोशी गाउँपालिका बनेको हो। यस पालिकाभित्र हाल आठ वटा वडा छन्।
कोशी टप्पु संरक्षणमा समुदायका युवा सक्रिय
कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको संरक्षणका साथै समुदायको हक हितका लागि सो क्षेत्रका युवाहरुले समुदायमा आधारित क्लब मार्फत काम गर्न...