हरिपुर । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा आगलागी भएको छ । कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुर बस्ने स्थानीय बम्ब भोले राम र विनोद रामको घरमा आगलागी भएको हो । आगलागी बाट उनीहरुको घरमा जलेर नष्ट भएको स्थानीयले जनाएका छन ।

आगलागीको खबर पाएपछि कोशी गाउँपालीकाकी कार्यवाहक अध्यक्ष अनिता यादव , प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल लगायतको टोली तत्काल पीडितको घरमा राहत सामग्री लिएर पुगेका छन । पीडित परिवार लाई कोशी गाउँपालीकाको तर्फबाट चामल, दाल, लगायत तत्काल आवश्यक खाधन्न सामग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले जानकारी दिनुभयो ।










