लौकही । कोशी गाउँपालिकाको कार्यालयले
लैकही क्षेत्रका सुत्केरी महिलाहरुलाई पोषण खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोशी गाउँपालीका वार्ड नम्बर १ का वडाध्यक्ष राजकुमार शाहको उपस्थितीमा कोशी गाउँपालिका स्वास्थ्य शाखाले सोमबार सुत्केरी महिलाहरुलाई पोषण खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कोशी गाउँपालीकाको स्वास्थ्य शाखाले वडा नम्बर १ स्थित लौकहीको दलित तथा विपन्न परिवारका सुत्केरी महिलाहरुलाई पोषण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वास्थ्य संयोजक जमिल अख्तरले जानकारी दिए ।
लौकही स्वास्थ्य चौकीमा प्रसुति गराएका सुत्केरी महिलाहरुलाई सुनौलो हजार दिनको कार्यक्रम अन्तर्गत पोषण खाद्य तथा स्वास्थ्य सामग्री बितरण गरिएको हो । गरिब, बिपन्न तथा दलित परिवारका महिलाहरुलाई ३० प्याकेट पोषण खाद्य सामग्री हस्तान्तरण गरिएको थियो ।









