कोशी टप्पु । प्राकृतिको कुचिकारको रुपमा रहेको तर लोप हुन लागेको गिद्ध संरक्षणमा हातेमालो गरेर अगाडी बढ्ने एक कार्यक्रममा सहभागिले बताएका छन् । १६ औ अन्तर्राष्ट्रिय गिद्ध दिवसको अवरमा शनिबार कोशी टप्पु लर्निङ्ग ग्राउन्ड कोशी गाउँपालीका ३ ले आयोजना गरेको सचेतना कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रमेशकुमार यादवले पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनक सोडियम नामक औषधी र त्यस्तै प्रकृतिका औषधी प्रयोगको कारण गिद्धहरुले त्यस्ता पशुको सिनो खादा गिद्ध मर्ने गरेको बताए ।
सरकारले त्यस्ता प्रकृतिका औषधी प्रयोगमा निषेध गरेतापनि लुकीछिपी प्रयोग गर्दा समस्या आएको बताए । आफू वार्डेन भएर आएपछि चोरी सिकारी नियन्त्रण गर्नुका साथै जनावर आतंक रोक्दै गिद्ध जस्ता लोपोन्मुख चराचुरुङ्गी र जनावरको संरक्षणको लागि समुदाय सम्म जनचेतना जगाउने काम गर्दै आएको उनको भनाइ छ ।
कोशी टप्पु लर्निङ्ग ग्राउन्डका अध्यक्ष राजकुमार सिंहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कोशी गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरी,गुल्मपति,श्री राष्ट्रिय मावि शोभनपुरका प्रअ हरेकृष्ण राउत,विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, सरोकारवाला,श्री राष्ट्रिय मावि शोभनपुरका विद्यार्थी,शिक्षक, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...