सुनसरी जिल्लाको गाउँपालीका वडा नम्बर ३ बस्ने सबन मन्सुरी करेन्ट लागेर घाइते भएका छन । केहि दिन अगाडि करेन्ट लागेर घाइते भएका उनको बिराटनगर स्थित रहेको मोरङ्ग सहकारी अस्पतालमा उपचार भईरहेको छ ।

घटना बारे जानकारी पाएपछि सोहि वडाका वडा अध्यक्ष तथा नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरीले तत्काल बिरामी लाई अस्पताल पुर्याउन घाइतेको परिवारसंग समन्वय गरेका थिए भने शनिवार साँझ अस्पताल पुगेर घाइते सवन मन्सुरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन ।

घाइते मन्सुरी लाई भेट्दै आफू र कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीबाट हुनसक्ने सहयोग गर्न तयार रहेको बारेमा विश्वस्त पारिएको वडा अध्यक्ष मन्सुरीको भनाई छ । घाइतेको अवस्था सुधार भईरहेको र चिकित्सकको सल्लाहअनुसार केहिदिनमा डिस्चार्ज गरिने भन्ने जानकारी प्राप्त भएको उनको भनाई छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









