
भोक्राहा । कुइक रिस्पोन्स सेन्टर अर्थात ´क्युआरसी` भोक्राहा नरसिंह गाउँपालीकाले ३० जना विपन्न परिवारलाई राहत वितरण गरेको छ । करिम फाउन्डेसन विराटनगरकाे सहयोगमा ´क्युआरसी` भोक्राहा नरसिंह गाउँपालीकाले वडा नम्बर ४ का ३० जना विपन्न परिवारलाई सोमबार राहत वितरण गरेको हो ।
करिम फाउन्डेसन विराटनगरकाे सहयोगमा ´क्युआरसी` भोक्राहा नरसिंह गाउँपालीकाले वडा नं ४ स्थित जामिया इस्लामियामा विपन्न, दलित, जनजाति,मुस्लिम, एकल महिलालगायत गरी जम्मा ३० घरमा परिवारलाई राहत वितरण गरेको `क्युआरसी` भोक्राहाले जनाएको छ ।
लकडाउनको बेला दैनिक ज्यालादारी गरी घरपरिवार चलाउने विपन्न परिवारलाई करिम फाउन्डेसन विराटनगरकाे सहयोगमा ´क्युआरसी` भोक्राहा नरसिंह गाउँपालीकाले चामल,दाल,चिउरालगायत खाद्य तथा अति आवश्यक सामाग्री वितरण गरेको थियो । अन्य जिल्ला जस्तै सुनसरीमा समेत निषेधाज्ञा यथावत रहेको अवस्थामा दैनिक ज्यालादारी गर्न नपाएका विपन्न वर्गले राहत उपलब्ध गराइदिने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।
´क्युआरसी` भोक्राहा नरसिंह गाउँपालीकाकि संयोजक आफिया बानो,व्यवस्थापक आशिक अली, सहसंयोजक मुनाफ हसन, सचिव आलमगिर सिद्दिकी, स्वास्थ्य व्यवस्थापक इनामुल हकलगायतका टोलिसँगै करिम फाउन्डेसन विराटनगरका प्रतिनिधिका साथै स्थानीय समाजसेवी तथा बुद्धिजीवीले राहत हस्तान्तरण गरेका थिए ।









