मिकाइल आलम
लौकही । कोशी गाउँपालीकामा विद्यार्थीको लागि आयोजित समुदायमा आधारित Volunteer rescuer disaster responses तालीम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल न: १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना र कोशी गाउँपालीकाको कार्यालयको सह आयोजनामा आयोजित तीनदिने सो तालीममा बिहिवार सम्पन्न भएको हो ।
तालीममा सहभागी भएका कोशी गाउँपालीका क्षेत्रका विभिन्न ८ ओटा मावि का ५० जना विद्यार्थीहरुलाई समुदायमा आधारित Volunteer rescuer disaster responses तालीम मार्फत भोलिको दिनमा आउन सक्ने सम्भावित बाढी पहिरो, आगलागी , भूकम्प जस्ता प्राकृतिक प्रकोप बाट पीडित भएका व्यक्तिहरु के कसरी उद्धार गर्ने भन्ने बारे तालिका दिइएको सशस्त्र प्रहरी बल कोशी गाउँपालीका प्रमुख डिएसपी सन्तोष अधिकारीले जानकारी दिए ।
सशस्त्र प्रहरीले देशैभर ५०० जना उद्धारकर्ता तयार पार्ने हिसाबले तालिम आयोजना गरिरहेकोमा कोशी प्रदेशको कोशी गाउँपालीकामा यो तालिम आयोजना गरिएको हो । कोशी गाउँपालीका १ स्थित लौकहीमा रहेको बीपी स्मृति अध्ययन प्रतिष्ठानको सभाहल समुदायमा आधारित Volunteer rescuer disaster response तालीम सशस्त्र प्रहरी बल नेपाल न: ४ गण हेक्वा सुनसरीका प्रमुख समेन्द्र बज्राचार्यको अध्यक्षता एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सहभागी विद्यार्थीहरुलाई इन्स्पेक्टर टेकेन्द्र कार्की, सई रमेश बोहरा, सई रामकुमार नाखन लगायतको टोलीले तालिम दिएका थिए ।