भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका एक विपन्न परिवारलाई गाउँपालिकाको तर्फबाट सहयोग गरिएको छ । भोक्राहा नरसिंह वार्ड नम्बर ३ निवासी दलित समुदायको अति बिपन्न जुडिलाल खत्बेले पत्नीको असामयिक निधनको दसौं दिन आर्थिक अभावले आफ्नो धर्म अनुसार क्रियाकर्म गर्न नसकेको खबर पाएपछि भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले मंगलवार तत्कालै सहयोग गरेका हुन ।
अध्यक्ष आजादले पीडित परिवारलाई २ बोरा चामल ,१ बोरा भुजा, ५ लिटर तेल, ४ लिटर फर्चुन ,चुरा, दाल, गोटा चाना ,नुन ,हर्दी, चिनी, इत्यादी राहत स्वरुप उपलब्ध गराएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादवले जानकारी दिए । सो अवसरमा नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...