कोशी गाउँपालिकाको कार्यालयले संविधान दिवसको अवसरमा गाउँपालिका क्षेत्रका प्रत्येक वडा वडाका गरी २५ जना अति विपन्न घरपरिवार राहत वितरण गरेको छ ।

शुक्रवार लौकहीमा गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई ५० केजी चामल, ५ केजी दाल, नुन, तेल लगायतका खाधनन्न सामाग्री वितरण गरिएको हो ।

सो अवसरमा कोशी उपाध्यक्ष अनिता यादव,वडा अध्यक्षहरु सुलेमान मन्सुरी, साह जमाल,ध्यानी उराँव,बलराम क्षेत्री, शोभित नारायण यादव, प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल लगायतले राहत वितरण गरेका थिए ।

संविधान दिवसको अवसर पारेर संवैधानिक मर्मलाई अनुसार गर्दै कोशी क्षेत्रका प्रत्येक वडा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बताए ।



कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









