कोशी गाउँपालीकामा नेपाली महिलाहरुको महान पर्व जितियाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कोशी गाउँपालीकाले शनिवार आयोजना गरेको उक्त कार्यक्रम उपाध्यक्ष अनिता यादवको अध्यक्षता एवं अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

सो अवसरमा वडा अध्यक्षहरु सुलेमान मन्सुरी, ध्यानी उराँव,बलराम क्षेत्री, शोभित नारायण यादव, जुडिलाल कडौगिया, प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल, सविता यादव, हरेकृष्ण राउत, जीवानन्द झा, ताहिर मियाँ , कार्यपालीका सदस्यहरु सर्जुग सरदार, शोभा मेहता, न्यायपालिका सदस्य सूर्यनारायण मेहता लगायत सयौको संख्यामा महिलाहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा परमेश्वरी मण्डलले संचालन गरेकी थिइन् ।

भ्रामक प्रचारबाजीप्रति वडाध्यक्ष अन्सारीको आपत्ति
सुनसरी । केही दिनयता सामाजिक सञ्जालमार्फत आफ्नो विरुद्ध भइरहेको भ्रामक प्रचारबाजी प्रति भोक्राहा नरसिंह गाउँपालिका, वडा नं. २ का वडा...









