वराहक्षेत्र नगरपालिकाले सेवा निवृत्त (अवकाश) भएका ३२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगद ३० हजार द्वारा सम्मान सहित बिदाइ गरिएको छ ।

सम्मानित स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समीती सदस्य पूर्वमन्त्री तथा सुनसरी क्षेत्र न: ४ प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थितिमा उक्त रकम वितरण गरिएको थियो ।

साथै सम्मानसंगै नयाँ नियुक्ती भएका ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वागत् समेत गरिएको थियो । सेवानिवृत्त महिला स्वयंसेविकालाइ सम्मान कार्यक्रमकै अवसरमा नेपाली कांग्रेशका नेता , पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले वराहक्षेत्र नगर अस्पताललाई रु. बीस लाख रुपैयाँ बराबराको स्वास्थ्य सामाग्री तथा उकरण हतान्तरण गर्नुभयो ।

उक्त समग्रीहरु उहाँको पहलमा स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयबाट प्राप्त एक थान (USG, ECH) भिडियो एक्सरे मेसिन , ग्यास सिलिन्डर ४ थान , ह्इलचियर २ थान लगायतका सामाग्री कार्कीले हस्तान्तरण गर्नुभयो ।