कोशी । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको कोशी गाउँपालीका -३ स्थित बोर्डर ईलाका बाट ठुलो परिणाममा चिनी बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार एक जना अपरिचित व्यक्तिले चलाई ल्याएको को. २ ह ४०७४ नं. को अटोमा राखी भन्सार छली अवैध रुपमा भारतवाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा चिनी बरामद गरेको हो ।
बि.ओ.पी. श्रीपुरबाट खटिएको स.प्र.नि. जयकुमार महतोको कमाण्डमा-४ जनाको मो.सा.गस्ती टोलीलाई देख्खसाथ अटो र चिनी छाडि व्यक्ती फरार भएको हुँदा उक्त अटो.र चिनी बरामद गरी आवश्यक कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुवन्ध, कोशी ब्यारेज सुनसरीमा बुझाइएको छ । बरामद गरिएको ९०२ केजी चिनीको ५८ हजार ६३० रुपैयाँ र अटोको तीन लाख मूल्याङ्कन गरी भन्सार बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।









