लौकही । सशस्त्र प्रहरी बल बिओपी लौकहीले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउदै गरेको अवस्था बुधवार दिउँसो शंका लागि चेकजाँच गर्नेक्रममा एकजना युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल बिओपी लौकही बाट इन्स्पेक्टर नारायण प्रसाद गौतमको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालीका स्थित सीमा क्षेत्रबाट ब्राउन सुगर १ दशमलव ५४ ग्राम र ९८ पिस नाइट्राजेपाम सहित रामधुनी नगरपालिका १ बस्ने बर्ष २२ का अनिस चौधरीलाई पक्राउ गरी आवश्यक कारबाही लागि इलाका प्रहरी कार्यालय लौकहीमा बुझाएको जनाइएको छ ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









