मोहसिम अन्सारी
सुनसरी । धरान उपमहानगरपालिका वडा नं – ४ मा रहेको श्री ज्योति आधारभुत विद्यालयमा जियाउल हक मेमोरियल ट्रस्ट च्यारिटीले ओछ्यान फोम कार्पेट वितरण गरेको छ। बुधवार एक कार्यक्रमकाे आयोजना गरी उक्त सामाग्रीहरु श्री ज्योति आधारभुत विद्यालय परिवारलाई जियाउल हक मेमोरियल ट्रस्ट च्यारिटीले हस्तान्तरण गरेको हो।

सो अवसरमा श्री ज्योति आधारभुत विद्यालयका शिक्षकशिक्षिका एवं विद्यार्थीहरुले च्यारेटीका सम्पूर्ण पदाकारीहरुलाई स्वागत तथा सम्मान गरेका थिए । जियाउल हक मेमोरियल ट्रस्ट च्यारिटी अध्यक्ष डा खालिद हक हुसैनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा
विशिष्ट अथितिका रुपमा गणेश प्रसाद खतिवडा, वडा अध्यक्ष धन राई लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।

जियाउल हक मेमोरियल ट्रस्ट च्यारिटी समाजसेवी हनुमान प्रसाद अग्रवालको सम्झना सहित चौथो बार्षिक अवसरमा विद्यालय लाई फोम , कार्पेट वितरण गरिएको जनाइएको छ । जियाउल हक मेमोरियल ट्रस्ट च्यारिटी अध्यक्ष तथा कार्यकारी निर्देशक डा खालिद हक हुसैनले विद्यालयलाई सामाग्री हस्तान्तरण गर्दै थप आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।









