इनरुवा । अत्यधिक जाडोले जनजीवन प्रभावित हुन थालेपछि विपन्न समुदायलाई न्यानो कपडा वितरण गरिएको छ ।

सन्तावन्न युवा क्लब इनरुवा सुनसरीले शनिवार बिहान इनरुवा ४ स्थित रहेको खिक्री पट्टि टोलमा अति प्रभावितलाई जाडोबाट जोगाउन न्यानो कपडा प्रदान गरेको हो।

सन्तावन्न युवा क्लब इनरुवा सुनसरी द्वारा कम्बल (Blanket) वितरण कार्यक्रममा क्लबका अध्यक्ष अजय देव, उपाध्यक्ष बिकेश मेहता, सचिव मिन्टु खान तथा कार्यसमितिको अन्य पदाधिकारीहरु सहित इनरुवा जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विकेश मेहताले वर्ष २०२५ का अध्यक्ष जेसी सत्यनारायण यादव लगायतको उपस्थितिमा २५ घर परिवार लाई न्यानो कपडा वितरण गरिएको हो ।

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









