सुनसरीको वराहक्षेत्रमा रहेको चक्रघट्टि जेसीजको १२ औँ बार्षिक साधारण सभा तथा ११ औं शाखा अधिवेशनबाट वर्ष २०२५ को अध्यक्षमा महेश ( सुरज ) घिमिरे सर्वसम्मत चयन भएका छन् । अधिवेशनले सुरज घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यकारिणी उपाध्यक्षमा रविन शंकर र गोबिन्द साह चयन भएका छन् । उपाध्यक्षमा अश्वन यादब, लोकराज कार्की, कलामुद्दिन अन्सारी र फुर्वालाल तामाङ्ग चयन भएको निर्वाचन संयोजक दिवस बिष्टले जानकारी दिए ।

चक्रघट्टिमा जेसीज सन २०१३ मा संस्थापना भएको थियो । चक्रघट्टि जेसीजको संस्थापक अध्यक्ष निश्चल बस्नेत रहेका थिए। त्यसपछि क्रमशः रमेश कार्की, दिनेश पोखरेल, कमलनाथ दाहाल, देवकुमार चौधरी, मञ्जु आचार्य, सन्तोष चौलागाई, तीर्थराज भट्टराई, दिवस विष्ट , तेजबहादुर पुरी (सन्तोष) र सुरेन्द्र श्रेष्ठले चक्रघट्टि जेसीजको नेतृत्व गरी सकेका छन् ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









