इनरुवा । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय मुकेश कार्की रहेका छन् ।
उनलाई प्रतिबन्धीत औषधी Opotab-2000 Tablet, Spasmo-1230 Tablet र Spasmo (फोक्सिबोन)- 250 क्याप्सुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्कीको थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।









