ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

मिडिया क्षेत्रमा चुनौती र अवसरबारे संवाद

आवर कोशी by आवर कोशी
माघ २०, २०८१
मिडिया क्षेत्रमा चुनौती र अवसरबारे संवाद
42
SHARES
Share on FacebookShare on Twitter

विराटनगरमा सञ्चार क्षेत्रका चुनौतीहरू र नवयुवाहरूका लागि उपलब्ध अवसरहरूबारे ‘विकल्प एन अल्टर्नेटिभ’ले एक विशेष संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पूर्व नेपाल (कोशी प्रदेश)मा लामो समयदेखि पत्रकारिता गरिरहेका विज्ञहरूले आफ्नो अनुभव बाँड्दै मिडिया क्षेत्रको वर्तमान अवस्था, प्रविधिको प्रभाव, सरकारको भूमिकासहित विभिन्न विषयमा गहन छलफल गरेका थिए।

कार्यक्रममा उद्घोष दैनिकका म्यानेजिङ डाइरेक्टर बन्धु पोखरेल, हाम्रो मत दैनिकका सम्पादक विवेक गौतम, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष शुशिल पाठक र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको उपस्थिति रहेको थियो। उनीहरू पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका अग्रज सञ्चारकर्मी हुन्। टाइपराइटर र फ्याक्सको युगदेखि इमेल, इन्टरनेट हुँदै कृत्रिम बुद्धिमत्तासम्म (AI) आइपुग्दा मिडिया क्षेत्रमा आएका परिवर्तनका संवाहक उनीहरू प्रविधिको विकासले पत्रकारितामा पुर्‍याएको प्रभावबारे आफ्ना धारणा राख्न राखेका थिए ।

छलफलका क्रममा वक्ताहरूले नेपाली मिडिया क्षेत्रमा देखा परेका प्रमुख चुनौतीहरूमाथि प्रकाश पारे। प्रविधिको तीव्र विकासले सञ्चारमाध्यममा परिवर्तन ल्याए पनि यसको नकारात्मक असर परम्परागत मिडिया, विशेष गरी प्रिन्ट मिडियामा देखिएको उनीहरूको भनाइ थियो। डिजिटल पत्रकारिताको बिस्तारसँगै समाचारपत्र उद्योग धरासायी बन्दै गएको तथा राज्यले मिडिया क्षेत्रको दीर्घकालीन विकासप्रति खासै चासो नदेखाएको भन्ने धारणा पनि कार्यक्रमका वक्ताहरूले व्यक्त गरे ।

कार्यक्रममा महिला पत्रकारहरूले भोग्नुपरेका कठिनाइहरूबारे गम्भीर छलफल गरियो। पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गए पनि कार्यस्थलमा उनीहरू अझै पनि लैंगिक भेदभाव, सुरक्षासम्बन्धी समस्या र काम-परिवार सन्तुलनको चुनौती झेल्न बाध्य छन्। सम्पादकीय तहमा महिलाहरूको भूमिका कमजोर छ, फिल्ड रिपोर्टिङका क्रममा दुर्व्यवहार सहनु परेको छ, र मातृत्व सुविधाको अभावले उनीहरूको करियरमा प्रभाव परेको छ । त्यस्तै, पत्रकारहरूको पारिश्रमिक समस्या पनि प्रमुख विषय रह्यो। अधिकांश पत्रकारहरू न्यून तलबमा, कतिपय त स्थायी नियुक्तिविना काम गरिरहेका छन्। अनलाइन मिडियाको बृद्धिसँगै पारिश्रमिक असमानता झनै बढेको छ, प्रिन्ट मिडियामा आर्थिक संकट गहिरिँदै गएको छ ।

वक्ताहरूका अनुसार प्रविधिको तीव्र विकाससँगै मिडिया क्षेत्र नयाँ सम्भावनाहरूमा प्रवेश गरिरहेको छ। डिजिटल पत्रकारिता, अनुसन्धानमूलक पत्रकारिता, डाटा जर्नालिज्म, पोडकास्टिङ तथा युट्युब जस्ता नयाँ माध्यमहरूका कारण नयाँ पुस्ताले पत्रकारितामा अवसरहरू पाउन सक्छन्। तर, यसका लागि युवाहरूले प्रविधिसँग साक्षात्कार गर्दै नयाँ प्रवृत्तिहरू आत्मसात गर्नुपर्ने आवश्यकता रहेको छलफलका क्रममा उल्लेख गरियो।

कार्यक्रममा ‘विकल्प फेलो’ र ‘वाईपी फेलो’को  सहभागिता रहेको थियो। ‘विकल्प एन अल्टर्नेटिभ’ले प्रत्येक महिनाजसो युवाहरूका लागि विभिन्न विषयमा विज्ञहरूसँग संवाद, छलफल तथा अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस्तो कार्यक्रमले युवाहरूलाई समसामयिक मुद्दाहरूमा सचेत बनाउने मात्र होइन, मिडिया क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्नसमेत उत्प्रेरित गर्ने विश्वास आयोजक संस्थाले लिएको छ।कार्यक्रमको सहजीकरण ‘विकल्प एन अल्टर्नेटिभ’का निर्देशक वसन्त अधिकारीले गरेका थिए भने सञ्चालन रानु साहले गरेकी थिइन्।

Related Posts

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
स्थानीय समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

Read more
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

पुस १७, २०८२
सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

पुस १५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.