सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा न: ३ स्थित नहर चौकमा अवस्थित रहेको मिल्ली मोडेल ऐकेडेमीले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्यता साथ मनाएको छ । मिल्ली मोडेल ऐकेडेमी कोशी गाउँपालीका वडा न: ३ ले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा मंगलवार र बुधवार गरी दुईदिन शैक्षिक तथा सांस्कृतिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो । एकेडेमीले विद्यालयका सबै विद्यार्थीलाई आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिँदै स्थापनाको पाँचौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । एकेडेमीले विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले दुईदिने वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो ।

दुईदिन शैक्षिक तथा सांस्कृतिक उत्सव कार्यक्रम मिल्ली मोडेल एकेडेमीका संस्थापक/प्रधानाध्यापक शहाबुद्दीन फलाहीको अध्यक्षता एवं हेरा ऐजुकेशन सोसाईटी नेपाल काठमाडौंका केन्द्रिय अध्यक्ष खुर्सिद आलम इसलाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रम कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरू, विद्यार्थी अभिभावक, तथा प्रतिष्ठित अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम खुर्सिद इसलाही र दिलसाद अन्सारीले संचालन गरेका थिए । विद्यालयमा भएका सबै विद्यार्थीले स्टेजमा पुगेर केही न केही प्रस्तुति देखाउने मौका पाऊन् भन्ने उद्देश्यले दुईदिने कार्यक्रम गरेको मिल्ली मोडेल ऐकेडेमीका संस्थापक एवं प्रधानाध्यापक शहाबुद्दिन फलाहीले बताए । अभिभावकहरूसमेत आफ्ना विद्यार्थीको प्रतिभा देखेर दंग थिए ।
विद्यालयको उद्देश्य अनुसार यस कार्यक्रमले इस्लामिक तथा आधुनिक शिक्षाको महत्त्व उजागर गर्दै विद्यार्थीहरूलाई प्रतिभा प्रदर्शनको अवसर प्रदान गरेको उनको भनाइ छ ।

उक्त समारोहले विद्यार्थीहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता, तथा नैतिक मूल्यहरूको विकास गराउने बताउदै फलाहीले साथै, अभिभावकहरूसँगको समन्वय र विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको जानकारी दिए । कक्षा PG देखि कक्षा ७ सम्मका विद्यार्थीहरूले आ आफ्नो प्रतिभा प्रदर्शन सहित विभिन्न शैक्षिक, धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू गर्दै विद्यार्थीहरूले विविध विधाहरूमा उत्कृष्ट प्रस्तुतिदिए, जसले उनीहरूको सिर्जनात्मकता, आत्मविश्वास, तथा शैक्षिक योग्यता उजागर गराएको आयोजकको भनाइ छ ।

दुईदिन शैक्षिक तथा सांस्कृतिक उत्सव कार्यक्रममा इस्लाममा शिक्षाको महत्त्व, ज्ञानको खोजी, अनुशासन, र सद्गुणहरू, नैतिकता, सामाजिक उत्तरदायित्व, इस्लामिक आचारसंहिताको महत्त्व,इस्लामिक ज्ञान, पैगम्बर मुहम्मद (स.अ.व.) को शिक्षाहरू,इस्लामिक शिक्षाका महत्वपूर्ण हदीसहरूको पाठ, मस्नून दुवा,विद्यार्थीहरूले दुवा तथा कलिमाकोवाचन गरेर इस्लामिक शिक्षालाई उजागर गरे। सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतितर्फ उर्दू नज़्म: प्रेरणादायक इस्लामिक कविता, नेपाली कविता: समाज सुधार र शिक्षा प्रवर्द्धनमा केन्द्रितकविता,राइम्स (Rhymes): इस्लामिक शिक्षासँग सम्बन्धित मनोरञ्जनात्मक राइम्स,गणित नाटक: गणित तथा विज्ञानको इस्लामिक योगदान,उर्दू नाटक: इस्लामिक मूल्यमान्यताको प्रभाव दर्शाउने नाटक, नेपाली नाटक: सामाजिक तथा नैतिक शिक्षाको उजागर गर्नेनाटक, बैतबाजी (कविता प्रतियोगिता): इस्लामिक शिक्षासँगसम्बन्धित रोचक कविता प्रतियोगिता प्रस्तुत गरिएको थियो ।

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









