सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा न-०६ फुलचौक क्षेत्रबाट लागूऔषध सहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट प्र.ब.ना.नि.अशोक कोईरालाको कमाण्डमा खटिएको चेकिङ टोलिले भारतबाट नेपाल तर्फ पैदल हिड्दै आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा जिल्ला सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं.६ फत्तेपुर बस्ने बर्ष ३२ का प्रदिप बि.क.लाई नियन्त्रणमा लिइएको हो । चेकजाँच गर्ने क्रममा बिकले बोकेको हाते झोलामा लुकाई-छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध Tramol-११९० (एघार सय नब्बे) ट्याबलेट रSPASPAIN-१०२८ (एक हजार अठ्ठाईस) ट्याबलेट फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याई थप अनुसन्धान भईरहेको जनाइएको छ ।
पेस्तोल सहित भारतीय नागरिक पक्राउ
मुस्ताक आलम इनरुवा । सशस्त्र प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक लाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला अन्तर्गत...










