कतार राजदुतावासको आर्थिक सहयोग तथा सामाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका -३ को सहकार्यमा मुस्लिम समुदायका एकल महिला, अशक्त र विपन्न घरपरिवारलाई खाधान्न सामाग्री वितरण गरिएको छ । कोशी गाउँपालीका -३ स्थित पश्चिम कुसाहामा रहेको सामाजिक जीवन केन्द्र नेपालको कार्यालयमा आइतवार बिहान रमदानको विशेष अवसरमा तीनसय जनालाई २५ केजी चामल, पाँच लिटर खाने तेल, दुई केजी पीठो, तीन केजी चना, पाँच केजी सवई, एक केजी नून, खजुर लगायतका खाधान्न सामाग्री वितरण गरिएको हो ।

सो अवसरमा कोशी गाउँपालीका उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल, कतार च्यारिटीका प्रतिनिधि मुजाहिद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

पवित्र महिना रमदानको अवसरमा आवश्यकता अनुसार घरपरिवार पहिचान गरी कतार राजदुतावासको आर्थिक सहयोग एकल महिला, अशक्त र विपन्न घरपरिवारलाई खाधान्न सामाग्री वितरण गरेको सामाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका -३ का अध्यक्ष हजरत मन्सुरीले जानकारी दिए । रमदान महिनामा राहत सामाग्री वितरण गरिएकोमा खुशी व्यक्त गर्दै कोशी गाउँपालीका उपाध्यक्ष अनिता यादवले आगामी दिनमा पनि यस्ता मानवीय कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।


एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









