इनरुवा । सुनसरी जिल्लाको इनरुवा नगरपालिका क्षेत्रका दुईसय ३० जनालाई राहत सामाग्री वितरण गरिएको छ । रमजान पर्वको अवसरमा इनरुवा नगरपालिका ९ स्थित बबिया र वडा नम्बर २ का उनीहरुलाई खाद्यन्न सामग्री वितरण गरिएको हो । एकल महिला, गरिब तथा विपन्न समुदायलाई खाद्यन्न सामग्री वितरण अन्तर्गत चामल, दाल, तेल, चिनी, सुजी, भुजा, चना, तथा अन्य आवश्यक खाद्य वस्तुहरू प्रदान गरेको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालले जनाएको छ ।

हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल र वेल बिङ्ग केयर फाउन्डेशन यूकेको आर्थिक सहयोगमा सो खाद्यन्न सामग्री वितरण गरिएको हो । हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालका अध्यक्ष हारुन खानका अनुसार एकल महिला, गरिब तथा विपन्न समुदायलाई रमजान महिनामा खाद्य आवश्यकताहरू पूरा गर्न सहयोग गरेको हो ।

खाद्यन्न सामग्री वितरण कार्यक्रममा हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालका उपाध्यक्ष उमर फारूक खान, इनरुवा- ९ का वडाध्यक्ष बसिरमुद्दिन मन्सुरी, इनरुवा- २ का वडाध्यक्ष बिश्वनाथ ठाकुर, अधिकारकर्मी रमेश भट्टराई लगायत स्थानीय समुदायका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालका अध्यक्ष हारुन खानले यस अवसरमा Wellbeing Care Foundation UK लाई विशेष धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









