भोक्राहा नरसिंह -२ वडा सदस्य अजिम मन्सुरी लगायतको घरमा सोमबार आगलागी भई पीडित बनेका घरपरिवार लाई राहत उपलब्ध गराइएको छ । भोक्राहा नरसिंह गा.पा. अध्यक्ष अजमल अख्तर आजाद र २ नम्बर वडाका वडा अध्यक्ष आलम अन्सारीको पहलमा अग्नि पीडितहरुलाई तत्काल भोक्राहा नरसिंह -५ इस्लामनगरका युवाहरुको तर्फबाट खाद्यान्न सामग्री वितरण गरिएको हो ।

अग्नि पीडित चारजना घरपरिवारमा प्रत्येक परिवारमा १ बोरा चामल, १ बोरा भुजा, १ काटुन पानी, १ केजी तेल, १ केजी दाल , १ केजी नुन र लुगा धुने साबुन विवरण गरिएको छ। अग्नि पीडित परिवारलाई आवश्यकता अनुसार थप सहयोग उपलब्ध गराइने अध्यक्ष आजादले वचन दिएका छन् ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









