कोशी टप्पु । “कोभीड राहतमा सामाजिक क्षेत्रको साथ
परोपकारी मनले बढाउ सहयोगी हात” भन्ने नाराका साथ बराहक्षेत्रका अति विपन्न समुदायलाई राहत वितरण गरिएको छ । कोशी टप्पु लर्नीङ ग्राउन्डका अध्यक्ष राजकुमार सिंहको नेतृत्वमा लकडाउनको कारण समस्यामा परेका बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ६ का अती विपन्न समुदायलाई शुक्रबार राहत वितरण गरिएको हो ।


दैनिक ज्यालादारी गरी छाक टार्ने अति विपन्न समुदायलाई पहिचान गर्दै उनीहरूलाई २५ केजी चामल, एक लिटर खाने तेल, दुईकेजी दाल, नुहाउने साबुन, लुगा धुने साबुन,माक्सलगायत वितरण गरिएको कोशी टप्पु लर्नीङ ग्राउन्डका अध्यक्ष सिंहले जानकारी दिए ।

अन्तर्राष्ट्रिय संस्था केटिकेको सहयोगमा भर्टीकल बायोडाइभरसीटी फण्ड र कोशी टप्पु लार्नीङ ग्राउन्डको आयोजकतमा बराहक्षेत्र नगरपालिका वार्ड ६ स्थित कोशी बगर क्षेत्रमा बसोबास गर्ने अति विपन्न समुदायका घर परिवारलाई शुक्रबार राहत वितरण गरिएको बताउदै उनले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालीका क्षेत्रका गरी ५४० विपन्न वर्गका घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेको बताए ।

वास्तविक विपन्न समुदायका वर्गको पहिचान गर्दै राहत वितरण गर्ने कार्यमा सहयोग गर्ने प्रकाशपुर क्षेत्रका युवाहरूलगायत सबैमा विशेष धन्यवाद दिदै अध्यक्ष राजकुमार सिंहले जैविक विविधताको संरक्षण गरी आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्न सबैमा आह्वान गरे ।









