हरिनगर गाउँपालिका वडा नं-५ स्थित वसन्तपुरमा साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि पारस अस्पताल द्वारा अग्नि पीडितलाई निःशुल्क उपचार घोषणा सँगै खाद्यान सामाग्री हस्तान्तरण गरेको छ ।

शनिवार पीडित सबै घर परिवारलाई दैनिक चाहिने खाद्यान्न सामग्री हस्तान्तरण गर्दै निःशुल्क स्वास्थ्य परिक्षण समेत उपचार गरिने प्रतिवद्धता व्यक्त गरिएको हो । पीडित परिवारलाई हौसला प्रदान गर्दै पारस अस्पतालका संचालक डा. सफिउर रहमानले सबै पीडित परिवारहरुलाई दुईमहिना भित्र जति बिरामी भएमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









