देवराज यादव
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित भन्टाबारी बजार स्थित रहेको सशस्त्र प्रहरी क्याम्प देखी ५० मिटरको दुरीमा बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अन्दाजी ४०/४५ वर्षको पुरुषको शनिबार दिउँसो शव फेला परेको हो । प्रहरीका अनुसार हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन भने यसबारे आवश्यक अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ ।










