लौकही । कोशी गाउँपालीकामा फेरी भेटौला तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सशस्त्र प्रहल बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरको जिम्मेवारी सम्हालन आएका सशस्त्र प्रहरी नायब उपरिक्षक केदारजंग थापालाई स्वागत संगै सशस्त्र प्रहल बल नेपाल (बिओपी ) लौकहीमा आफ्नो कार्यकाल पूरा गरी जान लागेका सशस्त्र प्रहरी निरिक्षक नारायणप्रसाद गौतमलाई बुधवार बिदाई गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी निरिक्षक नारायण प्रसाद गौतम आफूले कार्यभार सम्हालेपछि लौकही नाकामा लागूऔषध न्युनिकरण तथा नियन्त्रण गर्न उल्लेखनीय काम गरेको स्मरण गराए । उनले विभिन्न लागूऔषध सहित आफ्नो कार्यकाल अवधिमा ३४ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको नेपाल प्रहरीको जिम्मा लगाएको बताए ।

सो अवसरमा आफ्नो भनाइ राख्दै कोशी अध्यक्ष ऐयुब अन्सारीले पछिल्लो समय खासगरी युवावर्ग लागूऔषधको लत्तमा फस्नु समाजकै लागि दुर्भाग्यको कुरा भएको हुनाले यसलाई नियन्त्रण गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताए । कोशी गाउँपालीकाको कार्यालयले आवश्यकता अनुसार सामुदायिक तथा संस्थागत बिधालयका साथै सुरक्षाकर्मीसंग समन्वय गरी सीमावर्ती क्षेत्रमा लागूऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









