इनरुवा । सशस्त्र प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ठुलो परिणाममा राजस्व छलीको सामान बरामद गरेको छ । गढि गा.पा. २ स्थित औरावनीमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट सशस्त्र प्रहरी निरिक्षक अच्युत सुवेदीको कमाण्डमा खटिएको मोवाईल गस्ति टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. नौ लाख २४ हजार १०० रुपैयाँ बराबरको लत्ताकपडा र जुत्ता सहित मुल्य रु. चार लाख ७० हजार बराबरको तीनवटा वटा मोटरसाइकल गरी जम्मा रु. १३ लाख ९४ हजार बराबरको अवैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा पठाईएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरी प्रमुख एसपी निर्मल थापाले जानकारी दिए ।
यसैगरी सुनसरीको ईनरुवा न.पा. ४ हनुमान चोक स्थित पूर्व-पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट सशस्त्र प्रहरी निरिक्षक अमृत कुमार बि.क.को कमाण्डमा खटिएको सात जनाको मोवाईल गस्ति टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. ५७ हजार ७०५ रुपैयाँ बराबरको किराना सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै सुनसरी दुहवी न.पा. ११ स्थित नहर छेउमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश दुहवीबाट सशस्त्र प्रहरी निरिक्षक कबिर मल्लको कमाण्डमा खटिएको मोवाईल गस्ति टोलीले तनमुनाबाट उत्तरतर्फ भारतबाट अवैध रुपमा भन्सार छली मोटरसाइकलमा लोड गरी ल्याउदै गरेको मुल्य रु. दुई लाख ९९ हजार बराबरको कुर्ता सुरुवाल र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा पठाईएको छ । मोटरसाइकल सहित उल्लेखित समानाहरुको बजार मूल्य अनुसार जम्मा १७ लाख ५० हजार ८०५ रुपैयाँ मूल्यवान् गरी भन्सार कार्यालयमा बुझाइएको एसपी थापाले जानकारी दिए ।









