कोशी टप्पु । सुनसरीको बराहक्षेत्र नगरपालिका ९ स्थित चन्द्रवंशी चौकबाट दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बासस्थान रहेको अजिङ्गरको सप्तकोशी सहयोगी समाजका युवाहरुसँगै अन्य स्थानीय सर्वसाधारणको सहयोगमा दुर्लभ प्रजातिको अजिङ्गरको सोमबार राति उद्धार गरिएको स्थानीय अमित चन्द्रवंशीले जानकारी दिए ।
उनका अनुसार अन्दाजी ८ देखि ९ फुट लामो र १५ देखि २० किलो तोल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरी कोशीटप्पु वन्यजन्तु आरक्ष प्रकाशपुर पोस्टलाई बुझाइयो हो । स्थानीय सर्वसाधारणले उक्त अजिङ्गर देखेपछि वन कार्यालय र नेपाल आर्मीलाई खबर गरेका थिए ।









