ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सीमा क्षेत्र : एसपीलाई प्रफमेन्स र चलखेल गर्ने उपयुक्त ‘पोस्टिङ’

आवर कोशी by आवर कोशी
असार १८, २०७८
सीमा क्षेत्र : एसपीलाई प्रफमेन्स र चलखेल गर्ने उपयुक्त ‘पोस्टिङ’
44
SHARES
Share on FacebookShare on Twitter

प्रहरी संगठनमा १ नं. प्रदेशको भारतसँग जोडिएको सुनसरी, मोरङ, झापा र इलाम जिल्ला ‘आकर्षक’ पोस्टिङ मानिन्छ । यहाँ सरुवा भएर आउने एसपीहरूको लागि कामको प्रफमेन्स देखाउने सँगै आर्थिक चलखेल गर्ने राम्रो जिल्ला मानिँदै आएको छ । रोचक पक्ष त, पुराना एसपीको एक बर्से कार्यकाल सकिने अन्तिम महिनाबाटै यहाँ आउने एसपीहरूको नाम मिडिया र प्रहरी संगठन भित्र चर्चा हुने गर्छ । यी जिल्लामा आउन चाहने एसपीहरूले दुई तिन महिना अगावै आफ्नो ‘लबिङ’ गर्न राजनीतिक दलका नेता तथा प्रहरी सङ्गठनभित्र चलखेल सुरु गरिसकेका हुन्छन् ।

जसले गर्दा प्रहरी हेडक्वाटरले एसपीको सरुवाको सूचि निकाल्दा कतै न कतैबाट दबाब झेल्नु पर्ने अवस्था रहँदै आएको छ । सरुवामा आर्थिक–राजनीतिक चलखेलको यो गलत ट्रेन्डलाई रोक्न कयौँ आइजिपीहरू असमर्थ भएका उदाहरण समेत छन् । प्रहरी प्रधान कार्यालयले असार ८ गते ५२ जना एसपी र ५७ जना डिएसपीहरूको सरुवा निकालेको छ । सरुवा भएर जिल्ला जाने अधिकांश एसपी र डिएपीहरुले आफ्नो कमान्ड समालिसकेका छन् ।

१ नं. प्रदेशको सुनसरी, मोरङ र इलाममा पनि नयाँ एसपीहरूले जिल्ला कमान्ड समालिसकेका छन् । सुनसरीमा सञ्जयसिंह थापा, मोरङमा जनार्दन बिसी र इलाममा महेन्द्र कुमार श्रेष्ठले आफ्नो कमान्ड समाली सकेका हुन । सुनसरीमा आउने थापा र इलाम पुगेका श्रेष्ठ यस अघि पनि पूर्व बसेका अधिकृत हुन । मोरङमा आएका बिसीको भने पूर्वमा पहिलो पोस्टिङ हो । झापामा भने यो भन्दा अघि भएको एसपीको सरुवा अन्तर्गत सानुराम भट्टराईले कमान्ड समालेको ५ महिना पुगिसकेको छ । प्रहरी हेडक्वाटरले सरुवाको तयारी गर्नु अगावै ४ एसपीको नाम बाहिर आउनुले पनि यहाँ आएका एसपीहरूले जिल्लाको कमान्ड पाउन राम्रै ‘लबिङ’ गरेको पुष्टि हुन्छ ।

लबिङ गरेर आउने अधिकांश एसपीहरूको प्रवृत्ति प्राय सीमा तस्करीको आर्थिक सवालमा विवादित नै हुने गरेको छ । प्रहरीको सरुवा नीति प्रहरी निरीक्षकदेखि तल्लो दर्जाका प्रहरीहरूलाई लागु भए पनि प्रहरी निरीक्षकदेखि माथिका दर्जा भएका अधिकृतहरूलाई भने लागू हुन नसकेको अवस्था छ ।

मासिक कमाइ लाखौँ

सुनसरी, मोरङ, झापा र इलाम जिल्लामा बस्ने प्राय एसपीहरूले मासिक तस्करीको लाइनबाट लाखौँ रुपैयाँ उठाउने भित्री यथार्थ छ । लबिङ गरेर आएका एसपीहरूको स्वार्थ नै तस्करीको लाइनको पैसा खाने हुन्छ । सीमामा हुने सानादेखि ठुलठुला तस्करीको लाइनबाट जिल्लाको एसपीले मासिक ५ लाख सम्म उठाउने गरेका छन् ।

नेपाली भूभागबाट भारत तस्करी हुने सुपारी, मरीच, मटर, मदिरा, इन्धन अनि भारतबाट नेपाल भित्र तस्करी हुने लत्ता कपडा, खाद्यान्न बस्तु, कृषि सामाग्री लगायतबाट प्रहरीले ‘सेटिङ’ मार्फत रकम लिने गर्छ । यसमा एसपीहरूलाई मात्र सूचना जाहेर गर्ने ‘पर्सनल’ घुमुवाहरू परिचालित हुने गरेका छन् । झापा सुपारी तस्करीको लागि भने नामी जिल्ला हो । सीमावर्ती जिल्ला बस्ने एसपीहरूले भने मासिक आम्दानीबाट प्रदेश डिआइजीलाई पनि भागबन्डा पुराउने गरिन्छ । जिल्ला बस्ने एसपी र प्रदेश डिआइजीको सम्बन्ध बिग्रनुमा तस्करीको लाइनको पैसा नमिल्नु पनि एक हो ।

चुनौती बढी

खुला सीमा रहेकाले ४ जिल्लामा विविध चुनौती छन् । समथर भूभाग, सीमावर्ती स्थानमा बाक्लो बस्ती र बढ्दो सहरीकरणसँगै बजारको विस्तार, दुवैतर्फ नाता–सम्बन्ध र खेतीपातीका कारण आवतजावत गरिरहनुपर्ने अवस्था अनि दुवै देशमा रोजगारीका लागि ओहोरदोहोर गरिरहनुपर्ने बाध्यताका कारण सीमा क्षेत्र चुनौतीका रूपमा छ । यी जिल्लामा सरुवा भएर आएका एसपीहरूको पनि साझा चुनौती नै सीमा अपराध र तस्करी नियन्त्रण हो ।

खुला सीमाका कारण हुने लागुऔषध तथा हतियार कारोबार, मानव बेचबिखन, आतङ्कवादीको घुसपैठ जस्ता अपराधलाई नियन्त्रणमा राख्नु एसपीहरूको प्रमुख जिम्मेवारी मानिन्छ । त्यस्तै सीमामा हुने तस्करी समेत प्रहरीको लागि चुनौती छ । एसपीहरूले जिल्लाको भौगोलिक अवस्था, अपराधको ट्रेन्ड र नागरिकको अपेक्षाको विश्लेषण गरी एक बर्से रणनीति बनाउने गर्छन् । त्यसमा भारतीय काउन्टर पार्टस (भारतीय सुरक्षा निकाय) को समेत सहयोग लिई सीमा अपराध नियन्त्रणमा ल्याउने गरिन्छ । तर प्रहरीको पर्याप्त जनशक्ति र साधन स्रोत अभावका कारण पनि यी सबै चुनौतीसँग जुध्न प्रहरीलाई मुस्किल हुने गर्छ ।सीमासँगै जिल्लाको समग्र शान्ति सुरक्षालाई सन्तुलनमा राख्न पनि उतिकै चुनौती यी जिल्लाहरूमा हुने गरेको छ । यद्यपि साधन स्रोत र जनशक्ति अभावका बिच संवेदनशील जिल्लामा पोस्टिङ हुनुले पनि यहाँ आउने एसपीहरूको आन्तरिक मुल्याङकन अन्य जिल्ला भन्दा बढी हुने गर्छ ।

लबिङ गलत प्रवृत्ति

सीमावर्ती मात्र नभई कुनै पनि जिल्ला जानलाई सङ्गठन भित्र हुने ‘लबिङ’ गलत प्रवृत्ति भएको नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन् । ‘प्रहरी एउटा चेन अफ कमान्डमा चल्ने सङ्गठन हो, यसको आफ्नै सिस्टम छ । र सरुवाको पनि छुट्टै नियम र दायरा छ ।’ सङ्गठनले जिल्लाको संवेदनशीलताको आधारमा उपयुक्त एसपीलाई सरुवा पठाउँछ तर यहाँ स्वार्थ बोकेकाहरू बढी हाबी भएपछि गलत भइदिन्छ ।’

अपराध न्यूजसँग मल्ल भन्छन्, ‘सबै प्रहरी अधिकृतहरू गलत हुन्छन् भन्ने पनि हैन । सीमा बसेका एसपीहरू ‘जिरो टोलोरेन्स’ मा बसेर उदाहरणीय काम समेत गरेका छन् ।’

सीमासँग जोडिएको जिल्लामा चुनौती पनि उतिकै हुन्छ त्यस कारण पनि सरुवा भएर जाने एसपीहरूको कार्यक्षमताको मुल्याङकन हुने मल्लको धारणा छ । सीमाबाट हुने अपराधलाई नियन्त्रण गर्नु जिल्ला प्रहरीको कमान्डरलाइ ठुलो चुनौती हुने गरेको मल्लको भनाई छ ।

यसमा भारतीय सुरक्षा निकायसँगको समन्वय महत्त्वपूर्ण हुने उनी बताउँछन् । सीमा तस्करीको लाइनबाट प्रहरीले पैसा खाने चलन विगतको भन्दा केही सुधार भएको मल्लको बुझाई छ ।

प्रहरीमा नयाँ अफिसरहरू छन् जो ‘प्रफमेन्स’मा मात्र विश्वास राख्छन् । यदि पदीय मर्यादा विपरीत गतिविधि गर्छ भने विभागले अवश्य उसलाई कारबाहीको भागिदार बनाउने मल्ल बताउँछन् । प्रहरी सङ्गठन भित्र व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि पूर्ण रूपमा निषेध हुनु पर्ने बहस अझै पनि चलिरहेको उनको भनाई छ ।

अपराध न्यूजबाट

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

सशस्त्र प्रहरीको उपलब्धि : छ करोड बढी राजस्व असुली, ठुलो परिणाममा लागूऔषध बरामद

सशस्त्र प्रहरीको उपलब्धि : छ करोड बढी राजस्व असुली, ठुलो परिणाममा लागूऔषध बरामद

by आवर कोशी
साउन ३, २०८२
0

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न प्रकारका लागू औषधसहित ठूलो...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.