भुटाहा । नेपाली कांग्रेस १४ औं महाधिवेशन नजिकिदै गर्दा गाउँ गाउँमा विभिन्न पदका लागि नेताकार्यकर्ताले आ आफ्नो दाबी गरिरहेका छन् । यसैक्रममा आगामी महाधिवेशनमा नेपाली काङ्ग्रेस हरिनगर गाउँपालीकाको सभापतिमा नुनु अन्सारीले उम्मेदवारी घोषणा गरेका छन् ।
हरिनगर गाउँपालीकाको भुटाहामा शनिबार आयोजित अगुवाइ स्थानीय क्रियाशील नेताकार्यकर्तालाई सम्बोधन गर्दै नेता अन्सारीले नेपाली काङ्ग्रेसको हरिनगर गाउँपालीकाको सभापति उम्मेदवारी घोषणा गरेका हुन । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सदस्य तथा जिल्ला समन्वय समिति सुनसरीका सदस्यसमेत रहेका उनी दक्षिणवर्ती क्षेत्रका मात्रै नभई जिल्लाकै सक्रिय नेताको छवि बनाएका छन् । पार्टीले विभिन्न समय दिएको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएको बताउदै नेता अन्सारीले आगामी निर्वाचनमा नेताकार्यकर्ता आफूलाई हरिनगर गाउँपालीकाको सभापति निर्वाचित गराउनेमा आफू ढुक्क रहेको बताए ।

हरिनगर गाउँपालीका वार्ड नम्बर १ का वडाध्यक्ष लत्तिफ अन्सारी, २ का वडाध्यक्ष युनुस अन्सारी, नेपाली काङ्ग्रेसका वडा सभापति सेराजुद्दिन अन्सारी,सचिव सलामुद्दिन अन्सारीलगायत अगुवा नेपाली काङ्ग्रेस कृयाशिल नेताकार्यकर्ताको उपस्थितिमा शनिबार भएको एक बैठकमा नेता अन्सारीले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।









