भोक्राहा । निरन्तरको वर्षापछि आएको बाढीबाट प्रभावित भएका सर्वसाधारणहरुलाई मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इसराइल मन्सुरीले अति आवश्यक सामाग्री सहयोग गरेका छन् । जारी वर्षासँगै आएको बाढीबाट प्रभावित भोक्राहा नरसिंह गाउँपालीका ५ स्थित सिस्वोनी क्षेत्रका स्थानीयहरुलाई मन्सुरीले शनिबार अति आवश्यक सामाग्री सहयोग गरेका हुन ।

बाढीबाट विस्थापित भएका व्यक्तिहरुको स्थलगत निरीक्षण गर्दै नेपाली काङ्ग्रेसका स्थानीय नेता मन्सुरीले भुजा, चाउचाउ,बिस्कुट,खानेपानीलगायत सहयोग गरेको उनले जानकारी दिए । बाढीबाट प्रभावित भएका क्षेत्रका सर्वसाधारणको अवस्था बुझ्दै सहयोगलाई निरन्तर दिइने बताउदै नेता मन्सुरीले राहत,उद्धारका साथ साथै भविष्यमा आउन सक्ने कटान र बाढी रोकथाम तथा क्षति नियन्त्रणमा जुट्न सुनसरी प्रशासनसँग आग्रह गरेका छन् ।









