भोक्राहा । निरन्तरको वर्षापछि आएको बाढीबाट प्रभावित भएका सर्वसाधारणहरुलाई क्युआरसी भोक्राहा नरसिंह गाउँपालीकाकाले सहयोग गरेको छ ।

केही दुईदेखि भएको वर्षासँगै आएको बाढीबाट प्रभावित भोक्राहा नरसिंह गाउँपालीका ५ स्थित सिस्वोनी क्षेत्रका स्थानीयहरुलाई क्युआरसी भोक्राहा नरसिंह गाउँपालीकाकाले आइतबार अति आवश्यक सामाग्री सहयोग गरेको हो । बाढीबाट विस्थापित भएका व्यक्तिहरुको स्थलगत अवलोकन गर्दै क्युआरसी भोक्राहा नरसिंह गाउँपालीकाकाले भुजा, चाउचाउ,बिस्कुट,नुहाउने र लुगा धुने साबुन,मास्कलगायत सहयोग क्युआरसी भोक्राहा नरसिंह गाउँपालीकाकाले जनाएको छ ।

बाढीबाट प्रभावित भएका क्षेत्रका सर्वसाधारणको अवस्था बुझ्दै सहयोगलाई निरन्तर दिइने बताउदै क्युआरसी भोक्राहाले राहत,उद्धारका साथ साथै भविष्यमा आउन सक्ने कटान र बाढी रोकथाम तथा क्षति नियन्त्रणमा जुट्न सुनसरी प्रशासनसँग आग्रह गरेको छ ।









