कोशी टप्पु । सुनसरीको बराहक्षेत्र नगरपालिका ९ स्थितचौखला, मकै बारी बाट अर्को एउटा दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । केही दिनअघि समेत सोहि क्षेत्रबाट अन्दाजी ८ देखि ९ फुट लामो र १५ देखि २० किलो तोल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरी कोशीटप्पु वन्यजन्तु आरक्ष प्रकाशपुर पोस्टलाई बुझाइयो थियो ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बासस्थान रहेको अजिङ्गरको सप्तकोशी सहयोगी समाजका युवाहरुसँगै अन्य स्थानीय सर्वसाधारणको सहयोगमा दुर्लभ प्रजातिको अजिङ्गरको मंगलबार उद्धार गरिएको सहयोगी समाजका अध्यक्ष अमित चन्द्रवंशीले जानकारी दिए । उनका अनुसार स्थानीय सर्वसाधारणले उक्त अजिङ्गर देखेपछि वन कार्यालय र नेपाल आर्मीलाई खबर गरेका थिए । उद्धार गरिएको अजिङ्गरलाई कोशीटप्पु वन्यजन्तु आरक्ष प्रकाशपुर पोस्टलाई जिम्मा लगाइएको छ ।








