लौकही । वराहक्षेत्र नगरपालिका वडा नं १० मा रहेका आर्थिक रुपमा बिपन्न परिवार , दलित , लक्षित ५० परिवारले जमिनबाट खानेपानी निकाल्न प्रयोग हुने ट्युवेल अर्थात् चापाकल पाएका छन्। नेपाली काँग्रेसका नेता इस्राइल मन्सुरीको पहल र प्रकासपुर युबा जमातको सक्रियतामा वडामा रहेका न्यून आए भएका विपन्न, दलित, लक्षित वर्गका परिवारलाई निःशुल्क रूपमा ट्युवेलसंगै पानी झिक्न आवश्यक पर्ने सामाग्री बितरण गरिएको हो । टयुवेलको साम्रागी मङलवार जमातका अध्यक्ष तेजबहादुर गुरुङले एक कार्यक्रमको आयोजना गरेर बितरण समेत गरेका छन् ।

न्यून आए भएका परिबारहरुले छिमेकी तथा सार्वजनिक स्थलमा राखेका टयुवेलको प्रयोग गरेर खाने पानि प्रयोग गर्ने परिवारलाई युवा जमातको आग्राहमा नेपाली काँग्रेसका नेता इस्राइल मन्सुरीद्वारा अलखेल सोसाइटी नेपालको सहयोगमा सामाग्री उपलब्ध भएको तेजबहादुर गुरुङले बताए ।
करिब ७ हजार बजार मूल्य पर्ने ट्युवेल तथा आवश्यक सामाग्री अलखेल सोसाइटी नेपालले उपलब्ध गराएको छ । भन्ने ट्युबवेल राख्दा गरिने ढलान र मिस्त्रिलाइ खाना र खाजाको व्यवस्था प्रकासपुर युबा जमातले गरिदिने भएको छ । यस अगाडि पनि नेपाली काँग्रेसका नेता नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का सभापति डाक्टर इस्राइल मन्सुरीको पहलमा प्रकासपुरमै ३४ वटा ट्युवेल बितरण गरिएको थियो ।









