इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बसिरमुद्दिन मन्सुरीले समाचारमा अनाहक अाफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । केही अन्लाईनहरुले पुर्वाग्राही ढंगले अाफ्नो नाम जाेडेर समाचार प्रकाशन गरेको प्रति आपत्ति जनाउदै वडाध्यक्ष मन्सुरीले प्रेस बिज्ञप्ती मार्फत आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

केहिदिन अघि आफुलाइ जोडेर आएको सामाचार प्रति धयानाकर्षण भएको भन्दै उनले मंगलबार पत्रकार सम्मेलन गरी आफूमाथि लगाइएका आरोप निराधार भएको बताए । आफनो वडा कार्यालयलाई जोडेर विभिन्न सञ्चारमाध्यमहरुमा अनर्गल ,झुठो ,कपोकल्पित र भ्रामक समाचार प्रकाशित भएको प्रति ध्यानकर्षण भएको जनाउँदै समाचारमा उल्लेख गरिए जस्तो नसरुद्दिन मन्सुरी हाल वडाको कर्मचारी नरहेको , केही दिनका लागि कार्यालय सहयोगीको रुपमा करारमा मात्र काम गरेको ,करार म्याद सकिएपछि म्याद नथपिएको , वडाकै नागरिक भएकाले वडा कार्यालय आउनु स्वभाविक हो तर नसरुद्दिनलाई लिएर मसँग जोडेर उनले मेरो कमिसनको धन्दा चलाएको र उनी माथि लागेको यौन दुब्र्यवहारको आरोपमा मेरो नाम जोड्नु मेरो राजनीतिक ,सार्वजनिक र ब्यक्तिगत चरित्र हत्या गर्ने विरोधीहरुको नियोजित षडयन्त्र हो भनी वडाध्यक्ष मन्सुरीले प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

कसैको व्यक्तिगत चरित्र र गतिविधिलाई मसँग जोड्नु मप्रतिको अन्याय हो नसरुद्दिनसँग जोडिएको यौन आरोपको विषयमा मैले सो घटना मिलाउन गाउँमा छलफल गरेको विषय अत्यन्तै गम्भिर छ । यौन दुब्र्यवहारको विषयमा समाजमा छलफ गरेर मिलाउने प्रयास गर्नु कानूनी अपराध हो भन्ने विषयमा आफु पूर्ण जानकार रहेकाले यस विषयमा कुनै छलफल गरेको छैन, मेरो बुबाको नाम समेत जोडिएकोमा यो घटनामा त्यस्तो कुनै काम नभएको स्पष्ट पार्न चाहन्छु भनी प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

यसरी झुठो समाचार प्रकाशित गर्दा मेरो प्रतिबद्धता र भावनालाई चोट मात्रै पुर्याएको छैन मेरो चरित्र हत्या समेत गरेकाले यस्ता गतिविधिहरु तत्काल रोक्न आग्रह गदै समाचार प्रकाशित गर्ने र केही घण्टामै समाचार डिलिट गर्ने विषयले समेत यो गतिविधिले केवल मलाई बदनाम गर्ने नियोजित षडयन्त्र हो भन्ने प्रष्ट छ प्रेस बिज्ञप्तीमा अगाडि भनिएको छ । वडाध्यक्ष मन्सुरीले वास्तविक कुरा वुझ्दै अरुकाे सार्वजनिक जीवनको समेत ख्याल गरी समाचार प्रकासन गरिदिनु हुन सम्पुर्ण पत्रकारहरुलाई आग्रह गरेका छन् ।









