भण्टाबारी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण गरिरहेको नेविसंघ कोशी गाउँपालीकाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सहयोगमा नेविसंघ कोशी गाउँपालीकाले शुक्रबार सुरक्षाकर्मीलाई मास्क,सेनिटाइजरलगायतको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी सहित फ्रन्टलाइनमा क्रियाशील विभिन्न संस्थाका लागि सेवारत रहेकाहरुलाई नेविसंघ कोशी गाउँपालीकाले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ । सोही क्रम शुक्रबार सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

नेविसंघ कोशी गाउँपालीकाका अध्यक्ष कुन्दन मण्डल सचीव विशाल ठाकुरलगायत नेविसंघको टोलिले सशस्त्र प्रहरी बल बिओपी लौकही र इलाका प्रहरी कार्यालय लौकहीलाई मास्क,सेनिटाजरका हस्तान्तरण वितरण गरेको हो । विपद्, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय सुरक्षाकर्मीलाइ नेविसंघ कोशी गाउँपालीकाको पहल र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सहयोगमा सम्मान र हौसलाका लागि मायाको चिनो स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराइएको नेविसंघ कोशी गाउँपालीकाले जनाएको छ ।









