भोक्राहा । मुस्लिम समुदायको दोस्रो ठुलो महान पर्व इदुल अजहा बक्रईदको अवसर पारेर क्युआसी भोक्राहा नरसिंह गाउँपालीकाले राहत वितरण गरेको छ ।

क्युई रिस्पोनस टीम भोक्राहा नरसिंह गाउँपालीकाले मुस्लिम समुदायको दोस्रो ठुलो महान पर्व इदुल अजहा बक्रईदको एकदिनअघि आज मंगलबार भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका तीनजना विपन्न समुदायलाई राहत वितरण गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका तीनजना विपन्न समुदायलाई बक्रईदको अवसर पारेर क्युआसी भोक्राहाले उनीहरूको घरमा पुगी राहत वितरण गरेको क्युआसी भोक्राहाले जनाएको छ । आर्थिक रूपमा कम्जोर रहेका विपन्न समुदायले समेत आ आफ्नो घरपरिवारसँग खुशीका साथ चाडपर्व मनाउन सकोस् भन्ने उद्देश्यले क्युआसी भोक्राहाका संयोजक अफिया बानो, सहसंयोजक मुनाफ हसनका टीमले उनीहरूलाई राहत वितरण गरेको हो ।









