लौकही । कार्य सम्पादन मूल्यांकनका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीमा कार्यरत सई तीर्थकुमार भट्टराई असार महिनाको “उत्कृष्ट प्रहरी” घोषित भएका छन् ।
ईलाका प्रहरी कार्यालय लौकहीमा इन्चार्जका रूपमा कार्यरत रहेका सई भट्टराई असार महिनाको सुनसरी जिल्लाकै “उत्कृष्ट प्रहरी” घोषित भएका हुन् ।

प्रहरीको मनोवल उच्च बनाउँदै अपराध नियन्त्रण, अनुसन्धान एवं चोरी तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिए ।

भन्सार छली, अवैध चोरी निकासी तथा पैठारीका सामान नियन्त्रणमा लिने तथा आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउनेजस्ता प्रशंसनीय कार्य गरेकाले उनलाई कार्यसम्पादन मूल्यांकनका आधारमा २०७८ साल असार महिनाको उत्कृष्ट प्रहरी ( पुलिस अफ दी मन्थ) घोषणा गरिएको एसपी थापाको भनाइ छ ।









