इनरुवा । सुनसरीमा श्रावण १९ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आइतबार बसेको डीसीसीएमसीको बैठकले आगामी श्रावण १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि प्रशासनले पछिल्लोपटक १० गते आजसम्मका लागि मात्रै निषेधाज्ञा थपेको थियो । पटकपटक निषेधाज्ञा थपिएपनि कार्यान्वयनमा चुनौतीपूर्ण रहदै आएको पाइन्छ जसले गर्दा जिल्लामा कोरोना संक्रमितको अवस्था पुनः बढ्न थालेको छ् ।









