भण्टाबारी । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका ८ भण्टाबारीस्थित तिनकुने बोर्डरबाट लागूऔषध ब्राउन सुगर जस्तै देखिने पदार्थसहित एकजना युवालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट सशस्त्र प्रहरी हवल्दार दिपक पोखरेलसहित खटिएको सातजनाको टोलिले भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा जिल्ला मोरङ सुनवर्षी नगरपालिका ९ बस्ने १७ वर्षका गणेश साहलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए ।
सोमबार साँझ शंका लागि चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तै देखिने खेरौ पदार्थ अन्दाजी २० ग्राम बरामद गरिएको खड्काले जानकारी दिए । साहलाई आवश्यक अनुसन्धानको लागि सीमा प्रहरी चौकी भण्टाबारीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।









