मुस्ताक आलम
लौकही । आर्थिक क्रान्तिका लागि महिला सहकारी आवश्यक रहेको कोशी गाउँपालिकाको लौकहीमा भएको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बताएका छन् ।कोशी महिला सहकारी र सप्तकोशी महिला सहकारीको प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले २१ औं शताब्दीमा महिलालाइ पनि पुरुष सरहको अवसर दिनु पर्नेमा उनीहरूले जोड दिए ।
राज्यको निति अनुरुप एक व्यक्ति एक सहकारी भन्ने उद्देश्यका साथ सहकारीले आफ्नो काम तिव्र पारेको बताइएको छ । महिला सहकारी समुहमा २ सय भन्दा बढीको सदस्यहरु रहेका छन्। उक्त कार्यक्रमका प्रमुख अतिथी तथा कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरिले बोल्दै जिल्ला मात्र होइन कोशी गाउँपालीका महिलाहरूको आयस्तर बढाउदै आर्थिक उन्नतिको लागि ऐतिहासिक कदम चालेको बताउँछन् । बेरोजगार महिलाहरुका लागि सीप अनुसारको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु पनि सहकारीबाट संचालन गर्नुपर्नेमा उनको जोड छ ।

सहकारीको माध्यमबाट महिलाहरुको बेरोजगारी हटाउन सकिन्छ’ उनले भने ‘सहकारीले सबै तहतप्काका महिलाहरुलाई संगठित गरी पूंजी प्रवद्र्धन र आर्थिक क्रियाकलापमा पनि अघि बढाउछ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित प्रतीक्षण दैनिक पत्रीकाका प्रधान सम्पादक इकबाल अहमदले समाजमा स्थापना गरिएको सहकारी संस्थाहरुले महिलाको आर्थिक क्रान्ति गर्दै चौतर्फी विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सहकारीको माध्यमबाट समाजको विकास उन्नति र समृद्धिको बाटो खोल्न मद्दत गर्छ उनले भने । सो कार्यक्रममा अतिथिको रुपमा जिल्ला सहकारी संघ ऋण तथा बचतका पूर्व अध्यक्ष रुद्रप्रसाद उप्रेती , समाजिक विकास संस्थाका अध्यक्ष ब्रजेश यादव , समाजसेवि तथा नेकपा एमाले जिल्ला सदस्य वासिक अलि , मानव अधिकारकर्मी चन्द्रकला नेपाल लगायतकाले आफनो बिचार राखेका थिए। उक्त कार्यक्रम कोशी गाँउपालिका १ नम्बर वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।









