मुस्ताक आलम
लौकही ।चुनावका बेला गरेका कतिपय योजना कार्यान्वयन गराउने उद्देश्यले कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी संघीय राजधानी काठमाडौंमा दौडाहामा छन् । कोशी गाउँपालिकले विभिन्न शीर्षकमा विभिन्न मन्त्रालय अन्तर्गत ३२ वटा योजना कार्यान्वयन अध्यक्ष अन्सारी संघीय राजधानी काठमाडौं दौडाहामा व्यस्त रहेको कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरिले बताए ।

कोशीको दिगो विकास र समृद्धिका लागि संकल्प लिएका अन्सारीले भौतिक पुर्वाधार , पर्यटन ,कृषि ,शिक्षा, स्वास्थ्य र कोशीको मात्रै नभई सुनसरी र सप्तरी जिल्लामा रहेकोे हात्ती आतंक रोक्ने योजना र क्षतिपूर्तिको रकम बढाउनुपर्ने मागसहितको योजना लिएर अध्यक्ष अन्सारी काठमाडौमा रहेको उनलेे जानकारी दिए ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले चुनावको बेला जनतासंगको वाचा गरेकामध्ये बाँकी रहेका केहि जनहित हुने योजना लिएर आफू उक्त योजनाहरु पूरा गराउन लागिपरेको बताउँछन् । कोशी गाउँपालिकाको धेरै जसो योजना हामीले कार्यान्वयन गराउन सफल भएका छौँ उनले भने सीमित श्रोत र साधनको अभावका कारण आफूले जनतासँग गरेका वाचा पूरा गर्नका लागि लक्षित उद्देश्यका साथ एकमुष्ट योजनाहरु माग गरेका हौं । हाम्रो मुख्य योजना भनेको गरिबी निवारण गरिनुदेखि रोजगारी सृजना सामाजिक-सांस्कृतिक रूपान्तर लगायत छन् अध्यक्ष अन्सारीले भने ।









